नेकपा एसको पहिलो बैठकका लागि अघि बढेका पाइला (तस्बिरहरू) – Nepal Press
नेकपा एसको पहिलो बैठकका लागि अघि बढेका पाइला (तस्बिरहरू)
उमेश कार्की २०७८ असोज ५ गते १३:४३
२०७८ असोज ५ गते १३:४३

काठमाडौं । नेकपा एकीकृत समाजवादीको पहिलो केन्द्रीय कमिटी बैठक शुरू हुन लागेको छ । बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा डाकिएको बैठकका लागि अध्यक्ष माधवकुमार नेपाललगायतका नेताहरू पुगिसकेका छन् ।

आजको बैठकमा केन्द्रीय कमिटी विस्तारको एजेण्डा राखिएको छ । एमाले विभाजनका बेला तत्कालीन एमालेका ५७ जना केन्द्रीय सदस्यको हस्ताक्षर सनाखत गराइएको थियो । अब त्यसमा थप हुने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

आजको बैठकका लागि केन्द्रीय सदस्यहरूलाई ७ वटा एजेण्डा बाँडिएको छ ।

वरिष्ठ नेता झलनाथ खनालको राजनीतिक प्रस्तावमाथि बैठकमा सामूहिक छलफल हुनेछ । आवधिक कार्ययोजना, समसामयिक प्रस्तावहरूमाथि छलफल गरेर बैठक टुंगिने खतिवडाले बताए ।