विश्व फेसनको सबैभन्दा ठूलो मेला ‘मेट गाला २०२१’ : तस्विरहरु – Nepal Press
विश्व फेसनको सबैभन्दा ठूलो मेला ‘मेट गाला २०२१’ : तस्विरहरु
नेपाल प्रेस २०७८ भदौ २९ गते १३:०१
२०७८ भदौ २९ गते १३:०१

न्यूयोर्क । विश्व फेसनको सबैभन्दा ठूलो मेला ‘मेट गाला २०२१’ पुनः फर्किएको छ । गएराति न्यूयोर्कमा भएको यो भव्य कार्यक्रममा विश्व सेलेव्रिटीहरु उपस्थित रहे ।

कोरोना महामारीले अघिल्लो वर्ष रोकिएको कार्यक्रम यसपटक सीमित उपस्थितीमा भएको हो । मेट गालालाई विश्व फेसनको अस्कर अवार्ड मानिन्छ । यसपटक स्टाइलिस पहिरनमा सेलेव्रिटीले रेडकार्पेट नापे ।

प्रत्येक वर्ष आयोजना हुने मेट गालाको यो संस्करणबाट संकलित रकम मेट्रोपोलिटन आर्टस् म्युजियममा खर्च गरिने भएको छ । यसपटकको मेट गालाको थिम अमेरिकन फेसन राखिएको छ ।

अमेरिकी पहिचान र फेसनलाई पुनःपरिभाषित गर्ने उद्देश्य यसपटक राखिएको छ । ‘मलाई लाग्छ, अमेरिकी फेसन पुनर्जन्म हुने चरणमा छ’ फेसन डिजाइनर एन्ड्रिउ बोल्टनले भने ।

यसपटक दुई भागमा मेट गाला प्रस्तुत गरियो । पहिलो : इन अमेरिका : अ लेक्जिकोन अफ फेसन र दोस्रो : इन अमेरिका : एन एन्थोलोजी अफ फेसन । प्रबल गुरुङ लगायका डिजाइनरले पहिलो भागमा फेसन प्रस्तुति दिएका छन् ।

यसपटक तिमोथी क्यालामेट, बिल्ली एलिस, अमान्डा गोरम्यान, नाओमी ओसाकाले कार्यक्रम होस्ट गरेका थिए ।