टुँडिखेलमा घोडेजात्राको उल्लास (फोटो फिचर) – Nepal Press
टुँडिखेलमा घोडेजात्राको उल्लास (फोटो फिचर)
नेपाल प्रेस २०७७ चैत २९ गते १८:२७
२०७७ चैत २९ गते १८:२७

काठमाडौं । उपत्यकामा आज विभिन्न कार्यक्रम गरी घोडेजात्रा पर्व मनाईएको छ ।

प्रत्येक वर्ष चैत कृष्ण औँसीका दिन मनाइने यो पर्वका अवसरमा परम्पराअनुसार टुँडिखेलमा नेपाली सेनाले विशेष समारोह आयोजना गर्यो ।

सेनाले अश्वकला, मोटरसाइकल खेल, युद्धकला, शारीरिक व्यायाम लगायतको प्रदर्शन गरेको थियो ।

समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दकिशोर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, प्रधानसेनापति पूर्णचन्द्र थापा लगायत सरकारका विशिष्ट व्यक्तिहरुको उपस्थिति थियो ।