एमालेको नयाँ कार्यालयमा रोबोट रिसेप्सनिस्ट ! (फोटो/भिडियो) – Nepal Press
एमालेको नयाँ कार्यालयमा रोबोट रिसेप्सनिस्ट ! (फोटो/भिडियो)
नेपाल प्रेस २०७७ चैत ११ गते १३:५६
२०७७ चैत ११ गते १३:५६

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको पार्टी कार्यालय धुम्बाराहीबाट थापाथलीमा सर्दा आगन्तुकहरुले केही नौलो अनुभव गर्न पाउने भएका छन् । जस्तो कि कार्यालयमा आउनेहरुलाई रोबोटले आगन्तुकहरुलाई स्वागत गर्ने छ ।

मानिसहरूले सोधेका केही प्रश्नको जवाफ समेत दिन सक्ने ‘परी’ नामको रोबोट कार्यालयको गेटमा राखिएको हो । रोबोटको छातिमा राखिएको स्क्रिनमा लेखिएको छ- परम्परा झल्किने आधुनिकता टल्किने ।

एक आगन्तुकले रोबोटलाई प्रश्न सोधिन्, म हाम्रो देशका प्रधानमनत्रीलाई कसरी सम्पर्क गर्न सक्छु ?

रोबोटबाट जवाफ आउँछ- प्रधानमन्त्रीलाई सम्पर्क गर्न पैसा नलाग्ने नम्बर ११११ मा फोन गर्नुस् ।

रोबोटले प्रधानमन्त्री ओलीलाई नेपालका राष्ट्रवादी नेताको रुपमा समेत आगन्तुकहरुलाई परिचय गराउँछ । यो नेपालमै बनेको रोबोट हो ।
आज प्रधानमन्त्री ओली कार्यालय अवलोकनका लागि पुगे । त्यससँगै पार्टीका नेता-कायर्कर्ता तथा सञ्चारकर्मीको घुँइचो लागेको थियो ।
हेर्नुस, एमालेको भावी मुख्यालयका केही झलक :