नेपाल पक्षको कार्यकर्ता भेलामा मोहनचन्द्रदेखि राधाकृष्णसम्म (तस्बिरहरू) – Nepal Press
नेपाल पक्षको कार्यकर्ता भेलामा मोहनचन्द्रदेखि राधाकृष्णसम्म (तस्बिरहरू)
निशान्त सिंह गुरुङ्ग २०७७ चैत ४ गते १३:४०
२०७७ चैत ४ गते १३:४०

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को असन्तुष्ट समूहले आज राजधानीमा आयोजना गरेको कार्यकर्ता भेलामा केही पुराना कम्युनिष्ट अनुहारहरू देखिएका छन् ।

ललितपुरको हेरिटेज गार्डेनमा जारी रहेको भेलामा नेताहरुले बोल्ने क्रम अहिले जारी छ ।

पुराना कम्युनिष्ट नेताहरूलाई निम्त्याएर नेपाल समूहले आजको भेलालाई महत्वपूर्ण देखाउन खोजेको हो ।

नेपालका नेल्सन मण्डेला भनेर चिनिने झापा आन्दोलनका अगुवा मोहनचन्द्र अधिकारीदेखि मोदनाथ प्रश्रित, सिद्धिलाल सिंह, कमल कोइराला र राधाकृष्ण मैनाली नेपाल समूहको भेलामा आएका छन् । उनीहरुलाई मञ्चमा नै आसन ग्रहण गराइएको छ ।