पशुपतिमा शिवरात्रिको रौनक – Nepal Press

पशुपतिमा शिवरात्रिको रौनक

नेपाल प्रेस २०७७ फागुन २७ गते १६:१७
२०७७ फागुन २७ गते १६:१७

महाशिवरात्रिको दिन आज पवित्र पाशुपत क्षेत्रमा दर्शनार्थीको भीड लागेको छ । सम्भावित कोरोना जोखिमको परबाह नगरी हजारौं दर्शनार्थी पशुपतिनाथ मन्दिर पुगेका छन् ।

आज पशुपतिका चारै ढोकाहरु खुला गरिएका छन् । अघिल्ला वर्षहरुको तुलनामा यसपल्ट दर्शनार्थीहरुको चाप कम रहेको देखिएको छ ।

यस वर्ष महाशिवरात्रिका अवसरमा पशुपतिमा दर्शनका लागि तीन वटा लाइनको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।