शिवरात्रिलाई मेलम्चीको पानी बागमतीमा, नुहाउनै सकस (फोटो/भिडियो) – Nepal Press
शिवरात्रिलाई मेलम्चीको पानी बागमतीमा, नुहाउनै सकस (फोटो/भिडियो)
एलबी कटवाल २०७७ फागुन २७ गते १४:५२
२०७७ फागुन २७ गते १४:५२

काठमाडौं । मेलम्चीको पानी सुरुङमार्फत सुन्दरीजलमा ल्याइएसँगै बागमती नदीमा छोडिएको छ ।

महाशिवरात्रीमा स्नान गर्न आउने व्रतालुहरुको लागि भन्दै फागुन २६, २७ र २८ गतेका लागि मेलम्चीको पानी छाडिएको हो ।

लेदोसहित जमेर बसेको फोहोर पानी छोड्दा बागमती झन् फाहोर भएको गुनासो व्रतालुले गरेका छन् । बाग्मतीको पानी अहिले नुहाउनयोग्य नै नभएको उनीहरुको भनाइ छ ।

भिडियोमा हेर्नुहोस् मेलम्चीको पानी मिसाउनुअघि कस्तो थियो र अहिले कस्तो छ-

तस्बिरमा हेर्नुहोस् मेलम्चीको पानी मिसाउनुअघि कस्तो थियो र अहिले कस्तो छ-