‘शिवरात्रि इभ’मा पशुपति मन्दिरको चहलपहल (फोटो फिचर) – Nepal Press
‘शिवरात्रि इभ’मा पशुपति मन्दिरको चहलपहल (फोटो फिचर)
विजय गजमेर २०७७ फागुन २६ गते २१:३१
२०७७ फागुन २६ गते २१:३१

काठमाडौं । हिन्दूहरुको महान पर्व महाशिवरात्रि देशभरि मनाइँदैछ । विशेषगरी यो पर्व हिन्दूको आस्थाको मन्दिर पशुपतिनाथमा विशेष पूजा गरी मनाइन्छ ।

शिवरात्रिमा नेपालबाट मात्र हैन भारत तथा तेस्रो मुलुकबाट पनि पशुपतिमा दर्शन गर्न आउँछन् । विशेषगरी भारतबाट बाबा तथा साधुहरू दर्शन गर्न आउने गरेका छन् ।

कोरोना महामारीका कारण यसपटक महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपतिमा पहिलेको जस्तो रौनक छैन । तर पशुपतिमा नियमित गरिने आरती पूजामा भने भक्तजनको भीड थियो ।

महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपति मन्दिर वरिपरि देखिएका केही तस्बिरहरु