पेरिसडाँडाबाट निस्केका गह्रुंगा पाइलाहरु (तस्बिरहरु) – Nepal Press
पेरिसडाँडाबाट निस्केका गह्रुंगा पाइलाहरु (तस्बिरहरु)
निशान्त सिंह गुरुङ्ग २०७७ फागुन २४ गते २२:१७
२०७७ फागुन २४ गते २२:१७

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको एकता भंग भएसँगै आज पेरिसडाँडामा प्रचण्ड-नेपाल समूहको ‘अन्तिम’ बैठक बस्यो । बैठकले सर्वोच्च अदालतको फैसलाअनुसार पूर्वएमाले र पूर्वमाओवादी नेताहरु आ-आफ्नै गुँडमा फर्किने निर्णय लिएको छ ।

बैठकबाट बाहिरिने क्रममा सबै नेताहरु गम्भीर र उदास मुद्रामा थिए । उनीहरुमध्ये थोरैले मात्रै पत्रकारसँग प्रतिक्रिया दिए । नेकपामा आएको उथलपुथलले नेताहरुको मनभित्र पनि उथलपुथल चलेको अनुहारमै पढ्न सकिन्थ्यो ।

पेरिसडाँडा पूर्वमाओवादीको हेडक्वाटर हो । पार्टी एकतापछि एमाले र माओवादी दुवैको कार्यालय प्रयाेग भइरहेका थिए । तर, पार्टीमा अनौपचारिक विभाजन आएसँगै धुम्बाराहीको कार्यालय ओली पक्षले र पेरिसडाँडा प्रचण्ड–माधव पक्षले लिएको थियो । तर, अब प्रचण्ड–नेपाल समूह पनि भंग भएपछि उक्त समूहमा रहेका नेताहरु एमालेमै फर्केका छन् ।

पेरिसडाँडालाई बाईबाई गर्दै पूर्वएमाले नेताहरु बाहिरिएको दृश्य तस्बिरमा हेर्नुस् ।