सांसदहरुलाई खबरदारी गर्दै नागरिक आन्दोलन – Nepal Press

सांसदहरुलाई खबरदारी गर्दै नागरिक आन्दोलन

नेपाल प्रेस २०७७ फागुन २३ गते १८:१६
२०७७ फागुन २३ गते १८:१६

सांसदहरुलाई खबरदारी गर्दै प्रतिगमन विरुद्ध बृहत नागरिक आन्दोलनको ब्यानरमा आइतबार माइतिघरमण्डलादेखि बानेश्वर सम्म नागरिक अगुवाहरुले जुलुश निकालेका हुन् । जुलुशमा सहभागीहरुले सांसदहरु खबरदार, सत्ताको मोहमा नफस, स्वार्थको खेलमा नफस, संसदको गरिमा कायम गर, न्यायको लडाइँ जारी छ, लगायत प्लेकार्डहरु बोकेका थिए भने सांसदहरु होसियार हुनुपर्ने र नागरिक आन्दोलन जारी रहेको भन्दै नाराबाजी समेत गरेका थिए ।