म्यानमारको दूतावास अगाडि नागरिक अगुवाहरूको प्रदर्शन (तस्वीरहरू) – Nepal Press
म्यानमारको दूतावास अगाडि नागरिक अगुवाहरूको प्रदर्शन (तस्वीरहरू)
विजय गजमेर २०७७ फागुन २१ गते १२:३५
२०७७ फागुन २१ गते १२:३५

काठमाडौं । म्यानमारमा लोकतान्त्रिक आन्दोलनकारीविरुद्ध नरसंहार बन्द गर्न माग गर्दै नागरिक अगूवाहरूले काठमाडौंस्थित म्यानमारको दूतावास अगाडि प्रदर्शन गरेका छन् ।

वृहद नागरिक आन्दोलनको ब्यानरसहित गरिएको प्रदर्शनमा सहभागीहरुले म्यानमारमा लोकतन्त्रका बहाली हुनुपर्ने माग गरेका थिए ।

नागरिक अगुवाहरू डा. गोविन्द केसी, नारायण वाग्ले, खगेन्द्र संग्रौला लगायत करिब दुई दर्जनको उपस्थिति रहेको थियो । सहभागीहरूले विभिन्न नारा लेखिएका प्लेकार्डहरू बोकेका थिए भने म्यानमारमा सेनाले गरेको दम झल्काउने सडक नाटक पनि प्रस्तुत गरिएको थियो ।