नेफ्टा अवार्डको डान्स रिहर्सलमा कलाकार (तस्विरहरु) – Nepal Press
नेफ्टा अवार्डको डान्स रिहर्सलमा कलाकार (तस्विरहरु)
नेपाल प्रेस २०७७ फागुन २० गते ११:१२
२०७७ फागुन २० गते ११:१२

काठमाडौं । १० औं नेफ्टा फिल्म अवार्ड फागुन २९ गते काठमाडौंमा हुँदैछ । चलचित्र प्राविधिक संघको आयोजनामा हुने अवार्डमा गतवर्ष मनोनित फिल्मका विजेताले अवार्ड प्राप्त गर्नेछन् ।

अवार्डलाई भव्य बनाउन कलाकारले नृत्य प्रस्तुति दिँदैछन् । राष्ट्रिय नाचघरमा कलाकारले डान्स रिहर्सल गरिरहेका छन् । सुरक्षा पन्त, प्रमोद अग्रहरि, सलोन बस्नेत, शोभित बस्नेत, छुल्ठिम गुरुङ, रिस्ता बस्नेत, रुबिना थापा, जेविका कार्कीले नृत्य सिकिरहेका छन् ।

 
 
 
 
 
 
 

नरेशविर सिंहले नृत्य निर्देशन गरिरहेका छन् । एलआइसी नेपालले प्रायोजन गर्ने अवार्ड सोल्टी क्राउन प्लाजामा हुनेछ । कोरोनाभाइरस महामारीपछि पहिलोपटक फिल्म अवार्ड हुन लागेको हो ।

कोरोनाले थलिएको नेपाली फिल्मलाई लयमा ल्याउन अवार्ड महत्वपूर्ण हुने आशा प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले राखेका छन् । यसअघि विदेशमा हुँदै आएको अवार्ड यसपटक भने स्वदेशमै हुन लागेको हो ।