तस्बिरमा हेर्नुस् विराटनगरमा ओली पक्षीय नेकपाको शक्ति प्रदर्शन – Nepal Press
तस्बिरमा हेर्नुस् विराटनगरमा ओली पक्षीय नेकपाको शक्ति प्रदर्शन
नेपाल प्रेस २०७७ फागुन ८ गते १४:५१
२०७७ फागुन ८ गते १४:५१

विराटनगर । केपी ओली नेतृत्वको नेकपाले शनिवार विराटगरमा शक्ति प्रदर्शन गरेको छ । प्रदेशस्तरीय जनसभाका लागि विभिन्न जिल्लाबाट हजारौं कार्यकर्ता र समर्थकलाई विराटनगर उतारिएको छ ।

सभा शुरु हुनुअघि ठूलो संख्यामा जुलुस निस्किएका थिए । सभा चलिरहदा पनि जुलुस आउने क्रम नरोकिएपछि आयोजकलाई व्यवस्थापन गर्न हम्मे हम्मे परेको थियो ।


 
 

जुलुस र सभाका सहभागीहरुले सूर्य चिन्ह र केपी ओलीको फोटो अंकित प्लेकार्डहरु बोकेका थिए । युवा र महिलाको संख्या अधिक देखिएको प्रदर्शनका सहभागीले केपी ओली जिन्दावादका नारा लगाएका थिए ।