मूल्यवृद्धिको विरोधमा विद्यार्थीको प्रदर्शन – Nepal Press
मूल्यवृद्धिको विरोधमा विद्यार्थीको प्रदर्शन
फोटो फिचर
विजय गजमेर २०७७ फागुन ६ गते १०:३९
२०७७ फागुन ६ गते १०:३९

काठमाडौं । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा विद्यार्थी संघ/संगठनले विभिन्न क्याम्पसअघि प्रदर्शन गरेका छन् ।

मूल्यवृद्धिको विरोधमा नेकपाको प्रचण्ड–माधव पक्षीय अनेरास्ववियुले प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसअघि टायर बालेर प्रदर्शन गरेको छ भने नेविसंघले मिनभवनस्थित नेपाल कमर्श क्यापसअघि प्रदर्शन गरेको छ ।

यससँगै देशका विभिन्न क्यापसअघि विद्यार्थी संगठनहरुले विरोध प्रदर्शन गरेका छन् । नेपाल आयल निगमले सातामा दुईचोटि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।