ट्याक्सीमा आगजनीको विरोधमा चालकको प्रदर्शन, हड्ताल बन्द गर्न माग – Nepal Press
ट्याक्सीमा आगजनीको विरोधमा चालकको प्रदर्शन, हड्ताल बन्द गर्न माग
निशान्त सिंह गुरुङ्ग २०७७ माघ २४ गते १४:२४
२०७७ माघ २४ गते १४:२४

काठमाडौं । नेकपाको दाहाल-नेपाल समूहले आयोजना गरेको आमहड्तालको क्रममा ट्याक्सीमा गरिएको आगजनीको विरोधमा ट्याक्सी व्यवसायीले शनिबार राजधानीमा प्रदर्शन गरेका छन् ।

माइतीघरमण्डलमा आयोजित विरोधमा २०० भन्दा बढी ट्याक्सीसहित ट्याक्सी चालक एवं व्यवसायीले प्रदर्शन गरेका थिए । उनीहरुले राजनीतिक बन्द र हड्तालको कारण आफूहरुको रोजीरोटी र ज्यान जोखिममा परेको समेत बताए ।

राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजको आयोजनामा भएको विरोध सभामा ट्याक्सी व्यवसायीले बन्द हड्ताललाई सधैंका लागि बन्द गर्नुपर्ने माग समेत गरेका थिए ।

दाहाल–नेपाल समूहले विहीबार गरेको आमहड्तालको क्रममा गोंगबुमा ट्याक्सीमा आगजनी भएको थियो । सरकारले भने आगजनी भएको ट्याक्सीलाई क्षतिपूर्ति दिने बताइसकेको छ ।