तस्बिरमा हेर्नुस् ओली पक्षको जनसभाको लागि ‘वार्मअप’ – Nepal Press
तस्बिरमा हेर्नुस् ओली पक्षको जनसभाको लागि ‘वार्मअप’
नेपाल प्रेस २०७७ माघ २२ गते १८:२१
२०७७ माघ २२ गते १८:२१

काठमाडौं । केपी ओली नेतृत्वको नेकपाले शुक्रवार आयोजना गर्न लागेको वृहत जनप्रदर्शन र सभामा अत्यधिक सहभागिता जुटाउन युवा विद्यार्थी संगठनहरु खटिएका छन् । बुधवार हजारौंको मोटरसाइकल र्याली आयोजना गरेका युवा संघ र अनेरास्ववियूले विहीवार स्वयंसेवकका लागि अभिमुखीकरणका साथै मार्चपास गरेका छन् । अभिमुखीकरणअघि युवा र विद्यार्थीले रातो टोपी लगाएर मार्चपास गरेका थिए ।

महेश बस्नेत,निरु पाल,माधव ढुंगेल,ऐन महर लगायतका नेताले मार्चपासको अगुवाई गरेका थिए । उनीहरुले आम हड्ताल असफल पारिएको दावी समेत गरेका थिए । उपप्रधानमन्त्री ईश्वर पोखरेलले शुक्रवारको जनसभाबाट मुलुकलाई प्रधानमन्त्रीले प्रष्ट सन्देश दिने र नेकपाको मूलधार आफूहरु रहेको स्थापित हुने दावी गरे । उनले जनता कसको पक्षमा छन् भनेर देखाउन शुक्रवारको सभा आयोजना गरिएको बताए । शुक्रवारको सभामा २ लाख भन्दा बढी जनता उतार्ने दावी ओली पक्षले गरेको छ ।