संसद विघटनविरुद्ध नेविसंघको प्रदर्शन, १८ जना प्रहरीकाे नियन्त्रणमा (फोटो फिचर) – Nepal Press
संसद विघटनविरुद्ध नेविसंघको प्रदर्शन, १८ जना प्रहरीकाे नियन्त्रणमा (फोटो फिचर)
निशान्त सिंह गुरुङ्ग २०७७ पुष २९ गते १७:२९
२०७७ पुष २९ गते १७:२९

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध ‘केश मुण्डन’ सहित प्रदर्शनमा उत्रिएका नेपाल विद्यार्थी संघका कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मध्य बानेश्वरस्थित एपेक्स कलेज अगाडि नेविसंघ नेता नवराज त्रिपाठीको नेतृत्वमा प्रदर्शन गर्ने १८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको नेविसंघ नेता मनिष सिंखडाले जानकारी दिए । केश मुण्डन गर्ने क्रममा प्रहरीले हस्तक्षेप गरेपछि नेविसंघ कार्यकर्ता सन्तोष चौधरी घाइते भएका छन् । प्रदर्शनमा सहभागि विद्यार्थीहरुले प्रतिनिधिसभा विघटनविरुद्ध नाराबाजी गरेका थिए ।