यसरी मनाइयो एकता दिवस (फोटो फिचर) – Nepal Press
यसरी मनाइयो एकता दिवस (फोटो फिचर)
विजय गजमेर २०७७ पुष २७ गते १२:१८
२०७७ पुष २७ गते १२:१८

काठमाडौं । सोमबार राजधानीमा पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको छ । झाँकी, धिमे बाजागाजासहित रत्नपार्कदेखि सुरु भएको एकता र्‍याली सिंहदरबार अगाडिको पृथ्वीनारायण शाहको शालिक अगाडि आइपुगेको थियो । र्‍यालीमा सहभागी ले शालिकमा मालार्पण गर्दै पृथ्वीनारायण शाहको योगदानको चर्चा गरे ।

   

र्‍यालीमा राजसंस्था समर्थकको बाहुल्य थियो । र्‍याली भद्रकालीबाट सिंहदरबारतर्फ अगाडि आउन लाग्दा प्रहरीले रोकेपछि सामान्य झडप समेत भएको थियो । उक्त अवसरमा आयोजित भेलामा बोल्दै अभिनेत्री मनिषा कोइराले राष्ट्रिय एकतामा शाहको योगदान उच्च रहेको भन्दै इतिहास र संस्कृतिलाई सम्मान गर्नुपर्ने बताइन् । उनले इतिहासलाई सम्मान गर्नु नागरिकको कर्तव्य भएको बताउँदै सरकारले पनि यसतर्फ ध्यान दिनुपर्ने बताइन् ।

राष्ट्रिय एकता दिवस मूल समारोहको आयोजनामा भएको उक्त र्‍यालीमा राष्ट्रिय झन्डा र पोशाक लगाएर सहभागि थिए ।