केपी ओलीको समर्थनमा काठमाडौंमा धोती जुलुस ! – Nepal Press
केपी ओलीको समर्थनमा काठमाडौंमा धोती जुलुस !
निशान्त सिंह गुरुङ्ग २०७७ पुष २५ गते १३:१२
२०७७ पुष २५ गते १३:१२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको राजनीतिक कदमको समर्थनमा शनिवार काठमाडौंमा धोती जुलुस निकालिएको छ । नेकपा सम्बद्ध युवा संघको २ नम्बर प्रदेश कमिटीले ओलीको समर्थनमा मधेशीहरुको धोती जुलुस निकालेको हो ।


        
 

बबरमहलबाट शुरु भएको जुलुसको नेतृत्व नेकपा केन्द्रीय सदस्य योगनारायण यादव तथा युवा संघका नेताहरु सन्जिव झा र शम्भु साह लगायतले गरेका थिए । युवा संघका संस्थापक अध्यक्ष केपी ओलीको समर्थनमा मधेशी समुदायले जनकपुरमा प्रदर्शनपछि काठमाडौंमा धोती जुलुस निकालिएको शम्भु साहले बताए ।

मैथिली भाषामा ‘धोती कुर्था गम्छा मधेशीके शान बा, केपी ओली हमनी सबके जान बा’ लेखिएको ब्यानर सहितको प्रदर्शन माइतीघर,भद्रकाली हुँदै युवा संघको राष्ट्रिय भेलास्थल प्रज्ञा भवन पुगेको थियो ।