कुर्सीको लडाईंप्रति व्यङ्ग्य गर्दै माइतीघरमा सडक नाटक (फोटो फिचर) – Nepal Press
कुर्सीको लडाईंप्रति व्यङ्ग्य गर्दै माइतीघरमा सडक नाटक (फोटो फिचर)
निशान्त सिंह गुरुङ्ग २०७७ पुष १८ गते १८:०१
२०७७ पुष १८ गते १८:०१

काठमाडौं । शिल्पी थिएटरका कलाकारले नेपालमा पछिल्लो समय भइरहेका राजनीतिक गतिविधिको विरोध गर्दै आज (शनिबार) माइतीघरमण्डलमा सडक नाटक प्रस्तुत गरेका छन्।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटको सँघारमा रहेको र यो अवस्थामा आउनुको कारण पद तथा कुर्सीको लोभ हो भन्ने चर्चा चलिरहेको छ । सोही विषयप्रति व्यङ्ग्य गर्दै बत्तीसपुतलीस्थित शिल्पी थिएटरका कलाकारले सडक नाटक प्रस्तुत गरेका हुन् ।