हिन्दू–राजसंस्था पुनर्स्थापनाको माग गर्दै राप्रपाको शक्ति प्रदर्शन – Nepal Press

हिन्दू–राजसंस्था पुनर्स्थापनाको माग गर्दै राप्रपाको शक्ति प्रदर्शन

निशान्त सिंह गुरुङ्ग २०७७ पुष १७ गते १७:४१
२०७७ पुष १७ गते १७:४१

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले शुक्रबार काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । प्रदर्शनपछिको सभालाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष कमल थापाले सर्वपक्षीय सम्मेलमार्फत् हिन्दू राष्ट्र र राजसंस्था पुनर्स्थापित गर्न माग गरेका छन् ।

माग पूरा नभए सडकबाटै आफ्ना मान्यता स्थापित गर्ने उनले चेतावनीसमेत दिए ।