प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको प्रदर्शन – Nepal Press

प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको प्रदर्शन

नेपाल प्रेस २०७७ पुष १३ गते १७:३०
२०७७ पुष १३ गते १७:३०

नेपाली कांग्रेस संसद विघटनविरुद्ध सडकमा उत्रिएको छ । प्रतिनिधिसभा भंग गर्ने सरकारको कदम असंवैधानिक र अलोकतान्त्रिक रहेको आरोप लगाउँदै कांग्रेसले देशभरका १६५ निर्वाचन क्षेत्रमा प्रदर्शन गरेको हो । प्रदर्शनलाई सम्बोधन गर्दै कांग्रेसका नेताहरुले सरकारको तीव्र आलोचना गरेका छन् भने सर्वसत्तावादको अभ्यासलाई सफल हुन नदिने घोषणा गरेका छन् ।