काठमाडौंमा प्रचण्ड–माधव पक्षधर विद्यार्थीको मसाल जुलुस – Nepal Press

काठमाडौंमा प्रचण्ड–माधव पक्षधर विद्यार्थीको मसाल जुलुस

विजय गजमेर २०७७ पुष १३ गते १९:५१
२०७७ पुष १३ गते १९:५१

प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनमा उत्रिएको प्रचण्ड–माधव नेपाल नेतृत्वको नेकपाले मंगलवार गर्न लागेको शक्ति प्रदर्शनको पूर्वसन्ध्यामा विद्यार्थीहरुले राजधानीमा सोमवार साँझ मसाल जुलुस गरेका छन् ।

प्रचण्ड–माधव निकट अनेरास्ववियूका कार्यकर्ताले केपी ओलीविरुद्ध नारा लगाउँदै मसाल जुलुस निकालेका हुन् । प्रहरीले हस्तक्षेप गरेपछि मीनभवन क्याम्पसबाट निस्केको जुलुस तितरबितर भएको थियो ।