प्रचण्ड-माधव समूह सडकमा, माइतीघरबाट शुरु भयो ओलीविरुद्ध आन्दोलन – Nepal Press
प्रचण्ड-माधव समूह सडकमा, माइतीघरबाट शुरु भयो ओलीविरुद्ध आन्दोलन
विजय गजमेर २०७७ पुष १० गते ९:५६
२०७७ पुष १० गते ९:५६

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनमा उत्रिएको प्रचण्ड–माधव नेपाल नेतृत्वको नेकपाले आज पहिलो दिन काठमाडौंको माइतीघरमण्डलमा विरोध प्रदर्शन शुरु गरेको छ ।

प्रदर्शनमा सहभागी हुन नेकपाका नेता कार्यकर्ताहरु माइतीघर पुग्ने क्रम शुरु भएको छ । आन्दोलन परिचालन समितिका संयोजक नारायणकाजी श्रेष्ठ, झलनाथ खनालसहितका नेताहरु माइतीघरमण्डल पुगिसकेका छन् ।

कार्यकर्ताहरु पनि आउने क्रम जारी रहेको छ । नेकपा विभाजन भएको अवस्थामा अप्रिय अवस्था आउन नदिन सुरक्षाकर्मीको परिचालन बाक्लो बनाइएको छ ।