उखु किसानको आन्दोलनमा उद्योग मन्त्री – Nepal Press

उखु किसानको आन्दोलनमा उद्योग मन्त्री

नेपाल प्रेस २०७७ पुष ३ गते १९:१४
२०७७ पुष ३ गते १९:१४

उद्योग, वाण्ज्यि तथा आपुर्ति मन्त्री लेखराज भट्ट उखु किसानको आन्दोलनमा एक्यबद्वता जनाउन माइतीघर पुगेका छन्। पाउनुपर्ने रकम नपाएपछि उखु किसानहरु विगत ६ दिनदेखि काठमाडौंको माइतीघरमा आन्दोलनरत छन्। मन्त्री भट्टले १०–१२ दिन भित्र रकम भुक्तानी गराउने बताए। उत्त आन्दोलनमा एक्यबद्वता जनाउन नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल पनि पुगेका थिए।