२७ जनाको मृत्यु – Nepal Press
२७ जनाको मृत्यु

मनसुन भित्रिएको १६ दिनमै २७ जनाले गुमाए ज्यान

नेपालमा मनसुन भित्रिएको १६ दिनमा प्रकोपमा परेर २७ जनाको मृत्यु भएको छ । जेठ ३१ गतेदेखि असार १५ गतेसम्मको अवधिमा बाढी पहिरो र भारी वर्षाका १ सय ४४ घटनामा परेर २७ जनाको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको हो ।