विश्वप्रकाश – Nepal Press
विश्वप्रकाश

कांग्रेस महामन्त्रीमा तीन दाबेदार, विश्वप्रकाशले पनि गरे घोषणा(भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको १४ औं महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् । बिहीबार वीपी स्मृति दिवसको अवसरमा सुन्दरीजलमा पुगेका शर्माले महामन्त्री उठ्ने घोषणा गरेका हुन् । यसअघि गगन थापा र प्रदीप पौडेलले पनि आसन्न महाधिवेशनमा महामन्त्रीमा प्रतिस्पर्धा गर्ने बताइसकेका छन् ।