ट्रेक – Nepal Press
ट्रेक

अलौकिक मार्दी हिमालसम्मको अविस्मरणीय पदयात्रा

कोरोना संक्रमण कम भएसँगै चहलपहल बढेको छ । अरु क्षेत्र जस्तै आन्तरिक पर्यटनको क्षेत्रमा पनि आशाको किरण देखिएको छ । यसपालिको दसैंलाई सार्थक बनाउन र विदाको सदुपयोग गर्न हाम्रो परिवारले मार्दी हिमालको पदयात्रा गर्ने निर्णय गर्‍याे । लामो समयदेखि यस्तो यात्रामा जान नपाएकी म निकै खुसी भएँ ।