कमेरो – Nepal Press
कमेरो

दसैँमा रातोमाटो खोज्न ज्यानकै जोखिम, ढिस्कोले पुरिएर वर्सेनि मृत्यु

अरुबेला माकुराको जालोले घेरिएको घरको सफाइ गर्ने फुर्सद नहुनेहरु दसैँमा जसरी पनि सिँगार्छन् । तर, यसरी घर चिटिक्क बनाउनका लागि माटोको जोगाड गर्ने काम भने सजिलो छैन । माटो खन्न जाँदा ढिस्कोले पुरिएर कतिले ज्यान गुमाएका छन् भने कति अपाङ्ग भएर बस्नुपरेको छ ।