उपाध्यक्षको राजीनामा स्वीकृत – Nepal Press
उपाध्यक्षको राजीनामा स्वीकृत

अध्यक्षको कामप्रति असन्तुष्टि जनाउँदै उपाध्यक्षले दिएको राजीनामा स्वीकृत

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकाका उपाध्यक्ष मनिला विष्टले उपाध्यक्ष पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । गत मङ्सिर २९ गते प्राप्त राजीनामा स्वीकृत गरिएको गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिए । अध्यक्षको क्रियाकलापलगायत कुरामा असन्तुष्टि जनाउँदै उपाध्यक्ष विष्टले पदबाट राजीनामा दिइएको बताइएको छ । गाउँपालिकाका अध्यक्ष उप्रेतीले संविधानमा उल्लेख...