स्थानीय तह चुनाव
फ्ल्यासब्याकमा गठबन्धन: कांग्रेसलाई मालामाल, माओवादी मारमा
२०७८ चैत २१ गते ६:५६
अघिल्लो स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस र माओवादीले लुम्बिनीका धेरै स्थानीय पालिकामा गठबन्धन गरेका थिए । धेरै मतदाता भएको कांग्रेस र थोरै मत भएको माओवादीबीच भएको गठबन्धनमा कांग्रेसका उम्मेदार विजयी भए पनि धेरै माओवादीका उम्मेदार पराजित भएका थिए ।