बाढी र पहिरो – Nepal Press
बाढी र पहिरो

४ दिनमा बाढी र पहिरोमा १५ जनाको मृत्यु, २५ बेपत्ता, ११ घाइते

बितेको ४ दिनको अवधिमा देशभरका विभिन्न ठाउँमा गएको बाढी र पहिरोबाट अहिलेसम्म १५ जनाको मृत्यु भएको छ । गृह मन्त्रालय मातहतको राष्ट्रिय आपतकालिन कार्यसञ्चालन केन्द्रका अनुसार जेठ ३१ गतेदेखि असार ३ गते साँझसम्म देशभरका विभिन्न जिल्लामा गएको बाढी पहिरोमा परेर १५ जनाको मृत्यु भएको हो ।