दुर्घटनाग्रस्त विमान
एकै परिवारका सातजना सवार थिए दुर्घटनाग्रस्त विमानमा
२०७९ जेठ १६ गते ९:५३
काठमाडौं । मुस्ताङमा दुर्घटनाग्रस्त स्थितिमा फेला परेको तारा एयरको जहाजमा एकै परिवारका सातजना रहेको पुष्टि भएको छ । हिजो बिहानदेखि बेपत्ता भएर आज बिहान भेटिएको दुर्घटनाग्रस्त विमानमा धनुषाको धनुषाको मिथिला नगरपालिका– ११ लोटाका एकै परिवारका सात जना सवार रहेको नगरपालिकाका मेयर महेन्द्र महतोले सामाजिक सञ्जालमार्फत् पुष्टि गरेका हुन् ।...