जनकराज दाहाल
निषेधाज्ञाबारे गृह प्रवक्ता भन्छन्ः खेतीपातीका लागि सहज बनाउँछौं, सवारीसाधन अहिले खुल्दैन
२०७८ जेठ २८ गते १०:२८
जिल्लाबाट आएको रिपोर्टिङका आधारमा अहिले खेतीपातीको समय भएकाले कृषिको कामलाई सहज बनाउने कि भन्ने सोच सरकारले बनाएको छ । सवारी साधन सञ्चालन गर्दा झनै संक्रमण बढ्ने भएकाले अहिले सवारीसाधन सञ्चालन गर्ने तयारी छैन र जोरविजोर प्रणाली लागू गर्ने भन्ने पनि केही योजना छैन ।