चेपाङ बस्ती
निकुञ्ज अतिक्रमण गरेको भन्दै चेपाङका घरमा आगजनी
२०७८ चैत १४ गते १०:२३
चितवन । चितवन राष्ट्रिय निकुञ्जको कोरक्षेत्र अतिक्रमण गरेको भन्दै माडी नगरपालिका–९ कुसुमखोलाका चेपाङका घरगोठ जलाइएको छ । निकुञ्जको सेनाको टोलीले आइतबार साँझ चेपाङका घरगोठमा आगजनी गरेको हो । निकुञ्जका सहायक संरक्षण अधिकृत प्रमोदकुमार यादवको नेतृत्वमा गएको सेनाको टोलीले घरगोठमा आगजनी गरेको हो । करिब १५ घरमा आगजनी भएको माडी...