सिरहामा प्रहरी हिरासतबाटै थुनुवा फरार – Nepal Press

सिरहामा प्रहरी हिरासतबाटै थुनुवा फरार

सिरहा । सिरहाको मिर्चैयास्थित ईलाका प्रहरी कार्यालयबाट एक थुनुवा फरार भएका छन् । फरार हुनेमा अर्नमा गाउँपालिकाका असलम मन्सुरी छन् ।

आज साँझ असलम फरार भएको सिरहाका प्रहरी प्रवक्ता डिएसपी बिरेन्द्र पासवानले जानकारी दिए । उनका अनुसार असलम अभद्र व्यवहार मुद्दामा पक्राउ परेका थिए ।

प्रहरी हिरासतबाटै थुनुवा असलम कसरी फरार भएको विषयमा डिएसपी पासवानले खुलाउन चाहेनन् । उनले भने, ‘अहिले हामी खोजी रहेका छौं । कसरी भाग्यो भन्ने कुरा पछि भनौला ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *