गायिका लक्ष्मी आचार्यको होरीका राम होली गीत सार्वजनिक (भिडिओ) – Nepal Press

गायिका लक्ष्मी आचार्यको होरीका राम होली गीत सार्वजनिक (भिडिओ)

काठमाडौं । फागु पर्व होलीको अवसरमा गायिका लक्ष्मी आचार्यको ‘होरीका राम’ गीत सार्वजनिक भएको छ । गायिका आचार्यसँगै राजेन्द्र बाजुराली र नवराज रिमालको स्वर रहेको गीतमा गायिका आचार्यको शब्द र संगीत रहेको छ ।

मालश्री रेकडिङ स्टुडियोमा रेकर्ड भएको गीतको संगित संयोजन बिनोद बाजुरालीले गरेका हुन् भने गीतको मिक्सिङ गडक बाजुरालीको रहेको छ ।

गीतमा रेकर्डिस्ट सागर बाजुराली र राजेन्द्र बाजुराली रहेका उक्त गीत गायिका आचार्यकै आधिकारिक युट्युव च्यानलबाट सार्वजनिक भएको हो । भिम थापाले म्यूजिक भिडियोको निर्देशन गरेको गीतमा अभिनय गायिका लक्ष्मी आचार्य र गायक नवराज रिमालको रहेको छ । गीतमा साली र भेनाबिचको होली खेल प्रस्तुत गरिएको छ ।

गायिका आचार्य र चक्र बमको स्वरमा रहेको ‘ओ मेरी भाउजु’ र ‘भन साली तेरी दिदी का छ’ गीत एकदर्म चलेका गीत हुन् । जस मध्ये ‘ओ मेरी भाउजु’ एक करोड भन्दा बढी पटक युट्युवमा हेरिएको गीत हो । आचार्यको स्वरसँगै प्रकाश थापासँगको देउडा गीत ‘जोइ प्यारी जारीकी’, प्रकाश सपतुसँगको ‘लाइहेल कालो टिको’, सुरेन भण्डारीसँगको ‘रतन चणी इजु’, एकल स्वरमा रहेको ‘लैजा मेरी चरी’, जनक कार्कीसँगको ‘कुरा हर्दा चिल्ला’ र राजेशपायल राइसँगको ‘मन पराउछौ’ चर्चित गीत हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर