होलीमा रंगिएको वसन्तपुर (भिडिओ) – Nepal Press
होलीमा रंगिएको वसन्तपुर (भिडिओ)
उमेश कार्की २०८१ फागुन २९ गते १४:२९
२०८१ फागुन २९ गते १४:२९

काठमाडौं । यस वर्ष पनि वसन्तपुरमा होलीको हर्षोल्लास छाएको छ । विशेषगरी युवायुवतीले रौनक थपेका छन् । नेपाल घुम्न आएका पर्यटकहरू पनि होलीको खुसी साटासाट गर्न व्यस्त छन् ।

भिडभाड, नाचगान र रंगले वसन्तपुर रंगिएको छ । दिन ढल्दै जाँदा युवाहरूको जमघट उत्तिकै बढेको छ ।

होली मनाउन आउनेको भिडले असनको इन्द्र चोक, काल भैरव मन्दिरका सिँढीहरू खचाखच छ । ठेलमठेल र हुटिङका बीच ‘ह्याप्पी होली’ का चर्को स्वरले गुञ्जिएको छ यतिखेर वसन्तपुर ।

हेर्नुस् केही तस्बिर