हात्तीको आक्रमणबाट वृद्धको मृत्युपछि स्थानीयले गरे राजमार्ग बन्द – Nepal Press

हात्तीको आक्रमणबाट वृद्धको मृत्युपछि स्थानीयले गरे राजमार्ग बन्द

रुपन्देही । बर्दियामा जंगली हात्तीको आक्रमणबाट स्थानीयको मृत्यु भएपछि आक्रोशित स्थानीयले पूर्व-पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । भुरीगाउँ-चिसापानी सडक खण्डको बलाटी भन्ने ठाउँमा स्थानीयबासीले राजमार्ग अवरुद्ध गरेका हुन् ।

मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणको लागि दिगो समाधान खोज्न उनीहरूको माग छ । अहिले लामो तथा छोटो दूरीको यातायात ठप्प भएको छ । सडक सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली खटिएका छन् ।

यसैबीच, सडक अवरुद्ध खुलाउन स्थानीयबासीसँग वार्ता गरी बाटो खुलाउन प्रयास भइरहेको छ । बर्दिया राष्ट्रिय निकुञ्ज प्रशासन र स्थानीयवासीबीच वार्ता गरी राजमार्ग खुलाउन प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन् ।

गएराति ठाकुरबाबा नगरपालिका-२, बलाटीका ७१ वर्षीय बोलिराम थारुको हात्तीको आक्रमणबाट मृत्यु भएको थियो । राति आफ्नो घर नजिकैको खेतमा हात्तीले गहुँ खाएको थाहा पाएपछि धपाउन निस्केका थारुको हात्तीले आक्रमण गरेर मृत्यु भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर