प्रदीपले मनाए ‘पिताम्बर’ टीमसँग होली, दिव्या भने अनुपस्थित (तस्बिरहरू) – Nepal Press

प्रदीपले मनाए ‘पिताम्बर’ टीमसँग होली, दिव्या भने अनुपस्थित (तस्बिरहरू)

काठमाडौं । नयाँ वर्ष २०८२ को छेको पारेर आगामी चैत २९ गतेबाट रिलिज हुने चलचित्र ‘पिताम्बर’को टिमले बिहीबार राजधानीमा होली खेल्दै फागु पूर्णिमा मनाएको छ ।

चलचित्रका निर्देशक कृषा चौलागाईं, निर्माता विशाल चौलागाईं, कलाकारहरू प्रदीप खड्का, दिव्य देव, सुपुष्पा भट्टलगायतले एकापसमा रंग दल्दै होली मनाएका हुन् । होली कार्यक्रममा नायिका दिव्या रायमाझी भने उपस्थित थिइनन्। केही समय अघि मात्र उनका पिता अभिनेता दिलीप रायमाझीलाई पितृ शोक परेको थियो।

चलचित्रको टिमले पत्रकारको समूहसँग पनि होली खेलेका थिए । केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रवीन्द्र झा, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, आशिष पुरुष, ललित विष्ट, किशोर भट्ट, विनोदकुमार पौडेल, नारायण काफ्ले र रवीन्द्र भट्टराईको अभिनय छ ।

चलचित्रमा बाल कलाकारका रूपमा आर्नव घिमिरे, प्रयुस दत्त सुवेदी, आध्य लामिछाने, आरोह चौलागाईं र सुप्रोल बुढाथोकी (अनमोल)ले समेत अभिनय गरेका छन् ।

कृषा चौलागाईको निर्देशन रहेको चलचित्रमा विशाल चौलागाईं निर्माता, पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाईं सह–निर्माता, सुमन गौतम कार्यकारी निर्माता छन् ।

चलचित्रमा प्रदीप भारद्वाज र अभिमन्यु निरवीको पटकथा र संवाद, पुरुषोत्तम प्रधानको डीओपी, शेरबहादुर लामा र मानकृष्ण महर्जनको छायांकन, बन्दे प्रसादको सम्पादन, आशीष अविरल र बाबुल गिरीको संगीत र हिमाल केसीको द्वन्द्व छ । चलचित्रलाई आरआर फिल्मस्ले वितरण गर्दैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर