विदेशी शक्ति नेपालको विवादमा रमाइरहेका छन्: वर्षमान पुन

२०८१ फागुन २८ गते १६:०५

रूपन्देही । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सरकारले बढाएको निराशाले अहिले पाएका अधिकारप्रति निरंकुशतन्त्रले प्रहार गर्न खोजेको बताएका छन् ।
मगर मुक्तिमोर्चाको छैठौं राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा बोल्दै उनले अहिले निरंकुश शक्ति पुरानो अधिकार फर्काउन उद्त रहेको र विदेशी शक्ति यहाँको विवादमा रमाइरहेको बताए ।
‘अहिलेका सबै परिवर्तनको सबै आधार माओवादी युद्ध नै हो,वंश परम्परा हटाएको, उत्पीडित जाती र वर्गको अधिकार दिलाएको हो, यो अधिकारप्रति धावा बोलिएकोछ, ठूला दलको गठबन्धनको गलत व्यवहारले निरंकुशतन्त्रले टाउको उठाउन खोजेको हो ।’ उनले भने ।
प्रतिक्रिया