एमाले मुख्यालयमा शिक्षक महासंघको धर्ना (तस्बिरहरू / भिडिओ) – Nepal Press

एमाले मुख्यालयमा शिक्षक महासंघको धर्ना (तस्बिरहरू / भिडिओ)

काठमाडौं । शिक्षा ऐन जारी गर्नुपर्नेलगायतका माग राखेर पुन: आन्दोलनमा होमिएको नेपाल शिक्षक महासंघले नेकपा एमालेको मुख्यालयमा धर्ना दिएको छ । महासंघको दोस्रो चरणको आन्दोलनअन्तर्गत  दलहरूलाई ध्यानाकर्षण गराउने क्रममा शिक्षक नेताहरू च्यासलस्थित एमाले केन्द्रीय कार्यालय पुगेका हुन् ।

महासंघको टोली हिजो नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा धर्ना दिन पुगेको थियो ।

महासंघले चैत १ मा माओवादी कार्यालय, २ गते नेकपा एस, ३ गते रास्वपा, ४ गते जसपा, लोसपा र राजमोको कार्यालयमा र ५ गते जनमत, नागरिक उन्मुक्ति, राप्रपाको कार्यालयमा धर्ना दिने गरी योजना बनाइएको छ ।

यसअघि महासंघले फागुन २४ गते पहिलो चरणको आन्दोलन गरेको थियो । घोषित आन्दोलनअन्तर्गत राजनीति दललाई मागबारे ध्यानाकर्षण गराएको अध्यक्ष लक्ष्मीकिशोरी सुवेदीले बताइन् ।

शिक्षकहरूले गत शनिबार काठमाडाैंकाे माइतीघरमा प्रदर्शन गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर