‘राजागंज’को सेन्सर रोकिएपछि आक्रोशित निश्चल : बोर्डको सदस्य हुने योग्यता के हो ? – Nepal Press

‘राजागंज’को सेन्सर रोकिएपछि आक्रोशित निश्चल : बोर्डको सदस्य हुने योग्यता के हो ?

काठमाडौं । चैत १ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘राजागंज’ सेन्सर पास नभएपछि निर्देशक निश्चल बस्नेतले सेन्सर बोर्डको सदस्यको योग्यतामाथि नै प्रश्न उठाएका छन् ।

बस्नेतले सामाजिक सञ्जालमा लेखेका छन्, ‘राजागंजलाई सेन्सरले रोकेछ । सेन्सर बोर्डको सदस्य हुने योग्यता के हो ? डिस्क्लेमर नबुझ्ने, फिल्ममा देखाएको सबै कुरा वास्तविक हो भनेर बुझ्ने, फिक्सनको अर्थ नबुझ्ने । यस्तै चाहिने हो योग्यता ?’

कला नबुझ्नेहरू सेन्सर बोर्डमा बसेको भन्दै बस्नेतले आक्रोश पोखेका छन् । चलचित्रभित्र समावेश शब्द र सामाग्रीमा आपत्ति जनाउँदै सेन्सर बोर्डले सेन्सर रोकेको थियो ।

सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीले बोलेको भाषणको दृश्य समेटेकोमा आपत्ति जनाउँदै बोर्डले प्रदर्शन अनुमति दिन नमानेको हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *