‘आउटलः दफा २१९’ले पायो ‘पीजी सर्टिफिकेट’, देशभर अनलाइन बुकिङ खुल्ला


काठमाडौं। बिहीबारबाट रिलिजमा आउन लागेको चलचित्र ‘आउटलः दफा २१९’ले पीजी सर्टिफिकेट पाएको छ। चलचित्र जाँच पास समितिले यो चलचित्रलाई ‘पीजी सर्टिफिकेट’ दिएको हो ।
पीजी सर्टिफिकेट पाएसँगै अब यो चलचित्र, १६ वर्ष मुनिका बालबालिकाले पनि आफ्नो बाबुआमाको साथमा गएर हेर्न सक्नेछन्।
यसैबिच, चलचित्रको देशभरका हलमा बुकिङ समेत खुलेको छ । चलचित्रलाई क्युएफएक्स, बीग मुभिज, आई एन आई, वान सिनेमाज्, एफक्यूब लगायतका मल्टिप्लेक्सहरुले सुखद शोज दिएका छन् । भोलि फाग पूर्णिमा भएकाले गर्दा बिहानी शोज उपलब्ध छैन । मध्यान्नबाट भने दर्शकले देशभरका हलमा फिल्म हेर्न पाउनेछन् ।
एक्सन जनरामा निर्माण भएको यो चलचित्रमा विक्की महर्जनको लेखन तथा निर्देशन रहेको छ। चलचित्रलाई अमित अग्रहरिले निर्माण गरेका हुन् ।
चुल्ठे काजीको एक्सन र साहिल खानको सम्पादन रहेको यो चलचित्रमा नायक सुशील श्रेष्ठ, शिक्षा संग्रौला, नरेश पौडेल लगायतका कलाकारहरूको अभिनय छ । जापान र कतारबाट पनि सकारात्मक प्रतिक्रिया आएपछि निर्माण पक्षले अहिले यो चलचित्रको फाइल सेन्सरका लागि जापान र कतार पठाएको छ ।