युक्रेनसँग भन्दा रुससँग सम्झौता गर्न सहज छ : डोनाल्ड ट्रम्प


काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनसँग सम्झौता गर्न सहज हुने बताएका छन् ।
रुसी विश्व च्यानल आरटीका अनुसार मङ्गलवारको व्यापारिक गोलमेच कार्यक्रममा ट्रम्पले यस्तो बताएका हुन् ।
आफूले रुस र युक्रेनसँग शान्ति कायम गर्नेगरी शान्ति निर्माताको काम गर्न खोजेको तर युक्रेन असहयोगी भएको तर्क ट्रम्पले गरेका छन् ।
रुस र अमेरिकी अधिकारीहरूले साउदी अरबमा गरेको छलफल लगत्तै ट्रम्पको यस्तो भनाई आएको हो ।
गोलमेच कार्यक्रममा ट्रम्पले भने, ‘मैले भन्दै आएको छु कि रुससँग भन्दा युक्रेनसँग सम्झौता गर्न गाह्रो छ । यस्तो नहुनुपर्ने हो । तर यस्तै छ ।’
ट्रम्पले थपेका छन्, ‘राष्ट्रपति पुटिनलाई पनि यस्तै लाग्दो हो ।’ कयौँ मान्छेहरूको हताहती हुने भन्दै ट्रम्पले युद्ध अन्त्य हुनुपर्ने बताएका छन् ।