पूर्वराजा ज्ञानेन्द्र शाहलाई खुलापत्र

आदरणीय पूर्वराजा ज्ञानेन्द्र शाहज्यू,
सुरुमै भनिहालौं, म वंशवादमा विश्वास गर्दिनँ, तर त्यसको अर्थ म यो पत्र तपाईँको विरोध गर्न या तथ्यहीन कपोकल्पित कुरा गर्न लेखिरहेको छैन । कुनै बेला शासन सत्ता नै शक्तिशाली वंशले चलाउने व्यवस्था संसारभरि नै रहँदै आएको थियो । मानव सभ्यतामा चेतनाको विकास हुँदै लोकतान्त्रिक अवधारणा बलियो हुँदै गएपछि भने वंशीय शासन व्यवस्थामा कमी आउन थाल्यो । हाल विश्वका ४३ देशमा कुनै न कुनै स्वरूपको राजतन्त्र छ । तीमध्ये १५ वटा देशले भने बेलायतका राजारानीलाई विम्बात्मक रूपमा राष्ट्र प्रमुख मान्ने गरेका छन् ।
बेलायत स्वयम्मा पनि राजतन्त्रको स्वरूप सेरेमोनियलमात्र हो । राज्य सञ्चालनमा भने तिनै देशका जनताबाट चुनिएका प्रतिनिधिहरूकै शासन हुने गरेको छ । बाँकी २८ मध्ये पनि ६ देशमा मात्र सक्रिय राजतन्त्र छ । बाँकी २२ वटामा भने संवैधानिक राजतन्त्र हो । यसको अर्थ के हो भने राजतन्त्रको सान्दर्भिकता सकिँदै जाँदा जो-जसले जनतासँग सम्झौता गरेर आफू संवैधानिक परिधिभित्र सेरेमोनियल रूपले बस्न चाहे, ती राजसंस्थामात्र टिकेको इतिहासका तथ्यले दर्शाउँछ । सक्रिय राजतन्त्र भएका ६ मध्ये ५ मुलुक धार्मिक सापेक्ष मुलुक हुन् ।
सम्माननीय पूर्वराजा,
अब अलिकता हाम्रो देशसँग सान्दर्भिक भएका र तपाईँका अनुयायीहरूले उदाहरण दिएर नथाक्ने केही मुलुकहरूको इतिहासलाई विश्लेषण गरौँ । सर्वप्रथम तपाईँका समर्थकहरू संसदीय लोकतन्त्रको जननी मानिने बेलायतको उदाहरण दिन अग्रसर हुन्छन्, तर तपाईँलाई त थाहा छ नि बेलायतमा जुन बेला संसदीय अभ्यास हुँदै थियो, त्यो दुनियाँमै नयाँ प्रयोग भइरहेको थियो । आजको युग त थिएन । संसदसँग मतभेद हुँदै गर्दा तत्कालीन राजा चार्ल्स प्रथमलाई काटिएको थियो । त्यसपश्चात् गृहयुद्ध अन्त्य भयो र संरक्षकको रूपमा ओलिभर क्रामवेल आए । उनले एक किसिमको डिक्टेटरकै रूपमा शासन गरे । आजको जस्तो राजतन्त्र अन्त भएर एकै पटक पूर्ण लोकतन्त्र आएको अवस्था थिएन । तपाईँका समर्थकहरू यो बताउँदैनन् कि ओलिभर क्रामवेलको मृत्युपश्चात संरक्षकको रूपमा उनकै छोरा रिचर्ड क्रामवेल आए । यसरी राजा नामले हटाए पनि वंशीय सरकारबाट तत्कालीन बेलायत बाहिर आउन सकेको थिएन ।
तपाईँका समर्थकहरू यो बताउँदैनन् कि ओलिभर क्रामवेलको मृत्युपश्चात संरक्षकको रूपमा उनकै छोरा रिचर्ड क्रामवेल आए । यसरी राजा नामले हटाए पनि वंशीय सरकारबाट तत्कालीन बेलायत बाहिर आउन सकेको थिएन ।
ओलिभर क्रामवेल नै उनको शैलीले अलोकप्रिय भइसकेका थिए । झन् उनका छोरा त एक कमजोर नेता सावित भए । त्यसैले प्रोटेक्टोरेट सरकार नै कमजोर बन्न पुग्यो । त्यस्तो अस्थिरताको बेला जनताले स्थिरता खोज्न थाले । अहिलेको जस्तो सुदृढ लोकतन्त्र भएको बेला थिएन त्यो । त्यस्तो सङ्क्रमणकालीन अवस्थामा बेलायतको संसदले चार्ल्स दोस्रोलाई निमन्त्रणा गर्छन् र सेरेमोनियल रूपले राजा बस्न मान्छन् । हालसम्म पनि बेलायतमा राजा सेरेमोनियल छन् ।
प्रिय पूर्वराजा,
तपाईँ ती आफ्ना समर्थकहरूलाई बताइदिनु कि नेपाली जनता र सदनले त्यस्तो मौका ४६ सालको आन्दोलनपछि राजसंस्थालाई दिइसकेको थियो । एक पटक हरण भएको प्रजातन्त्र पुनः प्राप्त भएपश्चात् पनि देशका राजनीतिक दलहरूले बेलायतको भन्दा शक्तिशाली संवैधानिक राजाको रूपमा नेपालको राजतन्त्रलाई राजनीतिक स्पेस दिएकै हो नि ! उनीहरूले बिर्सेका हुन् भने पनि तपाईँले सम्झाइदिनुस् कि तत्कालीन राजा वीरेन्द्रको वंशनाशपश्चात् तपाईँले नै भद्र सहमति भत्काएर सक्रिय हुन खोज्नुभएको हो भनेर ।
त्यसपछि मात्र जनता गणतन्त्रको पक्षमा आवाज उठाउन बाध्य भएका हुन् । तपाईँका हजार गल्तीका वाबजुद पनि सांस्कृतिक र बेबी किङको प्रस्ताव मूलधारका राजनीतिक दलले त गरेकै हुन् । तपाईँ नै बेलायतको जस्तो राजा भएर बस्न नचाहेकाले शाहवंशीय राजसंस्था इतिहास बन्न पुगेको कुरा तपाईँका बुझेर पनि बुझ पचाइरहेका समर्थकहरूलाई बुझाइदिनुस् न !
महोदय,
अब अरु धेरै देशका राजतन्त्रको इतिहास खोतल्नुको कुनै अर्थ छैन । अलि बढी चर्चा हुने कम्बोडियाको राजसंस्थाको कुरा गरौँ । कम्बोडियामा पनि त राजसंस्था पुनःस्थापित भएको थियो नि भन्ने राजावादीहरूलाई सम्झाइदिनुस् न कि तत्कालीन कम्बोडियन राजा नरोडोम सिहानुकले आफ्ना बुवालाई राजगद्दी सुम्पिएर चुनाव लड्न गएका थिए । उनी जनताबाट निर्वाचित प्रधानमन्त्री थिए । उनी देश बाहिर भएका बेला तत्कालीन जनरल लोन नोलले सैनिक ‘कु’ गरेर राजतन्त्र हटाएका थिए, जनताले होइन । त्यसरी स्थापित भएको गणतन्त्रविरुद्ध सिहानुक कम्युनिष्टसँग मिलेका थिए । कम्युनिष्ट नेता पोलपोटको नेतृत्व रहेको खेमर रोज सत्तालाई हटाएर भियतनाम समर्थित सरकार स्थापना भयो ।
कम्बोडियामा संवैधानिक राजा भए पनि राजाकै जेठो छोरा राजा हुन मिल्दैन । राजा छान्ने छुट्टै काउन्सिल हुने गर्छ । यो सबै तिनीहरूले पढेर पनि बुझ्न मान्दैनन् । तपाईँलाई ईश्वरको अवतार मान्ने भएकाले कृपया यति सत्य सम्झाइदिनुस् न है !
त्यसपछि कम्बोडिया गृह द्वन्द्वमा फस्यो । सन् १९९१ को पेरिस शान्ति सम्झौता र १९९३ को संविधानपश्चात् भने जनतामा लोकप्रिय रहेकै सिहानुक राजाका रूपमा स्थापित हुन पुगे । कम्बोडियामा संवैधानिक राजा भए पनि राजाकै जेठो छोरा राजा हुन मिल्दैन । राजा छान्ने छुट्टै काउन्सिल हुने गर्छ । यो सबै तिनीहरूले पढेर पनि बुझ्न मान्दैनन् । तपाईँलाई ईश्वरको अवतार मान्ने भएकाले कृपया यति सत्य सम्झाइदिनुस् न है ! स्पेन, इटली र अफगानिस्तानको पनि सतही विश्लेषण गरिरहने तपाईँका समर्थकहरूको बुद्धिमतामा म त प्रश्न गर्न चाहन्न, तर गलत तर्क गर्ने आफ्नालाई तपाईँले त सम्झाउनै पर्छ कि ?
सम्मानसाथ,
एउटा अलिक फरक कुरा पनि जोड्न चाहन्छु । म विश्वास गर्न चाहन्छु, तपाईँ शान्ति नै चाहनुहुन्छ । तपाईँलाई थाहा छ नि राजतन्त्र र तानाशाही व्यवस्थामा जनताले आफ्नो बोली बोल्न पाउँदैनन् । अनि आफ्ना मत राख्न पाउँदैनन् । त्यसकारण आन्दोलनहरू हुने गरेको छ । कतिपय अवस्थामा हिंसात्मक पनि भएका छन्, तर लोकतन्त्रमा त फरक विचार राख्न पाइन्छ । नेपालमै पनि दलहरू राजतन्त्र र राणा शासनमा प्रतिबन्धित थिए । तपाईँले नै शासन हातमा लिँदा राजनीतिक दलका नेताहरूलाई नजरबन्दमा राख्नुभयो । अनि कतिलाई जेल चलान गर्नुभयो । सञ्चारका माध्यमहरू बन्द गर्नुभयो । पत्रपत्रिकामा सम्पादकको भन्दा सेनाको शक्ति बढी देखियो, तर लोकतन्त्रमा त राजावादी पनि हुन पाइन्छ, पाइरहेकै छ ।
आफ्नो विचारले जनताको मन जितेर सत्ता प्राप्ति गरी त्यसअनुसारको निर्णय लिन स्वतन्त्रता लोकतान्त्रिक व्यवस्थामा हुन्छ, तर हेर्नु न चुनावमा राजतन्त्र विचार बोकेका दलहरूको अवस्था निरीह हुन्छ । धेरै जस्तो ठाउँमा जमानत जफत भएको छ । हालै भएको दुई उपनिर्वाचनमा त पुरातनवादी सोच भएका दलहरूको अवस्था झन् दयनीय भएको छ । शान्तिपूर्ण मतदानको माध्यमबाट विचार स्थापित हुनसक्ने व्यवस्था भएको अवस्थामा तपाईँका समर्थकहरू हिंसा र सामाजिक अराजकताको बाटो रोजिरहेका छन् ।
आफ्नो विचारले जनताको मन जितेर सत्ता प्राप्ति गरी त्यसअनुसारको निर्णय लिन स्वतन्त्रता लोकतान्त्रिक व्यवस्थामा हुन्छ, तर हेर्नु न चुनावमा राजतन्त्र विचार बोकेका दलहरूको अवस्था निरीह हुन्छ । धेरै जस्तो ठाउँमा जमानत जफत भएको छ ।
उनीहरू समाजमा निराशा बढ्यो भनिरहेका छन्, धार्मिक सहिष्णुता खलबलियो भनिरहेका छन् । अनि जातीय सद्भाव खलबलियो भनिरहेका छन्, तर खासमा उनीहरू सामाजिक निराशा बढोस्, धार्मिक सहिष्णुता खलबलियोस्, जातीय सद्भाव खलबलियोस् भन्ने चाहन्छन् । जनताको मन जित्न नसकेपछि यस्तै अराजकता र द्वन्द्वमा सैनिक कुको माध्यमबाट राजतन्त्र व्युँताउन चाहन्छन्, तर उनीहरूलाई सम्झाइदिनुस् कि तपाईँ त्यस्तो हिंसाको माध्यमबाट पुनःस्थापित हुन चाहनुहुन्न भनेर । लोकतन्त्रमा जनताको मन जित्ने भनेको चुनावको मतदानबाट हो, सामाजिक सञ्जालको लाइक-कमेन्ट र केही हजारको र्यालीले होइन भनेर उनीहरूलाई निर्देशनात्मक चेतावनी दिइदिनुस् न है !
अन्तमा,
यी तपाईँका समर्थकहरू तपाईँको आडमा आफ्नो गुमेको केन्द्रीकृत शक्ति आर्जन गर्न खोजिरहेका छन् । जनताबाट उनीहरू अस्वीकृत भइसकेको परिवेशमा तपाईँको रहेबचेको साख दाउमा लगाउन खोजिरहेका छन् । यिनीहरू कतिसम्म भ्रमको खेती गर्छन् भने हिजोसम्म प्रत्यक्ष र संवैधानिक राजतन्त्रले गर्न नसकेको काम अधिकारविहीन खोपीमा राखेको राजाले गर्न सक्छन् भनिरहेका छन् । उनीहरूको भित्री षड्यन्त्र अहिले कुनै स्वरूपमा राजतन्त्र स्थापित गर्न सकियो भने फेरि कुनै न कुनै अराजकता र षड्यन्त्रमार्फत शक्ति हातमा लिने प्रपञ्च रच्नेछन् । तपाईँ त यिनीहरूका यस्तो षड्यन्त्रको शिकार भइसक्नु भएको छ नि !
मलाई थाहा छ, तपाईँ यस्ता उक्साहटमा फस्नुहुन्न भनेर, तर पनि मेरा लागि त तपाईँ मानिस हो, भगवान होइन । त्यसैले तपाईँबाट मानवीय त्रुटि नहोस् भनेर अनुरोध गर्दछु । तपाईँलाई त विश्व इतिहास थाहा छ । अनि नेपाली इतिहासको त तपाईँ साक्षी हो । अब पनि लोकतान्त्रिक प्रक्रियाभन्दा बाहिर गएर लोकतान्त्रिक गणतन्त्रको विकल्प खोज्ने हो भने त्यसको अन्त एउटामात्र छ । त्यो तपाईँलाई राम्रोसँग थाहा छ । त्यसैले तपाईँको एक शुभचिन्तकको नाताले मैले भनेका यी कुराहरू गम्भीर भएर मनन गर्नुहुनेछ भन्ने विश्वास लिएको छु । त्यसो हुन नसकेमा जनताले लिएको निर्णय मेरो पनि हुनेछ र त्यसबेला यी तपाईँका समर्थकको त केही जाँदैन, तर तपाईँ भने जनताको नासो होइन, आफ्नै व्यक्तिगत नासो पनि कोही कसैलाई फर्काउन सक्ने अवस्थामा रहनु हुनेछैन ।
नेपालको जय होस् !
पशुपतिनाथले हामी सबैको कल्याण गरून् ।
हार्दिक अभिवादनसहित
आशिष रेग्मी
यो गधा बुद्धि भ्रस्त हो|
यो मनुवा यिनै भ्रष्ट पार्टी मध्ये कसैको झोले हुनुपर्छ भन्ने हाम्लाई लाइराछ।
नेपाली जनतालाई तिमी जस्ता परजीवी पतु्कार र ३४ बर्ष देखि देशलाई भ्रष्टचारको अखडा बनाउने हरूलाई एउटै खाल्टोमा पूर्ण सक्ने बहादुर सैनिक शासन चाइयो।
परजीवीहरूले जतिसुकै सद्भावको बिचार पोखेपनि त्यो बिचार कोखामा छुरी हान्ने षड्यन्त्र भन्दा पृथक कतई हुँदैन।३५ वर्षदेखि मुलुकलाई धमिरा बनेर खानेहरूले विगत ७ वर्षमा मात्र २२ खर्व वैदेशिक ऋण ल्याएर कहाँ खर्च गरे?छ त्यसको जवाफ??
अहिले नेपाली जनता र स्वयं राजाले अनि राष्ट्रवादी दलहरूले खोजेको राजा भनेको बेलायतको जसृतै हो र शासन व्यवस्था र निर्वाचन प्रणाली प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र पूर्ण समानुपातिक सँसद हो।यो भनेको विश्वमै सर्वोत्कृष्ट शासन व्यवस्था हो।तिम्रा ताई न तुईको डलरे सुझाव आफैं राख।
महोदय,
तपाईँलाई स्मरण रहोस ; कुल गुण ज्ञान , दुध गुण बुध्दीको उपमा नेपाली समाजमा त्यसै प्रतिष्ठापित भएको चाही पक्कै होइन रहेछ भन्ने बास्तबिकतालाई तपाईले बुझ्नु भएकै होला भन्ने मेरो पनि बुझाई छ । तपाईले राष्ट्रिय एकिकरणमा राजा पृथ्वीनारायण शाहको दुरगामी कदम र मुलुकको अग्रगामी निकास र बिकासमा राजा महेन्द्रको भूमिकाबाट जानकार हुनुहुन्छ होला भन्नेनै मेरो पनि आकलन छ । त्यसैले , ईतिहासलाई काटन मिल्ला वा ढाटन मिल्ला तर मेटाउन चाही षक्कै मिल्दैन । जहासम्म तपाईबाट ब्यक्त भएका बिचार छन ; तत्कालीन जनआन्दोलनमा के राजाको हार भएको थियो या सेना / प्रहरीकोनै रणनीतिक हार भएको थियो ? प्रथमवत: यस बास्तबिकतालाई बिर्सनु हुदैन भन्ने मेरो आशय हो । फलत, यो जीत सबैको हो ; जनता र राजाको भन्ने कथन त्यसै समाजमा प्रतिष्थापन भएको पनि होइन । पार्टीका जिम्मेवार नेताहरूबाट दिल्ली सम्झौतामा १२ बुदे सहमती पनि यस्कै परिणती हो , तर त्यो सम्झौता कार्यान्वयनमा आयो त ? यस्मा राजाको समेत मौन सहमति पनि जनहितकै सबालमा जोडन मिल्दैन र ! त्यसैले बिचारको सम्प्रेषण गर्दा बास्तबिकतालाई पनि मनन गर्नुपर्छ कि भन्ने मेरो ऑकलन मात्र हो ।
यस्तो टाइटुइ कुराको कुनै अर्थ छैन। देशको राजनैतिक व्यवस्था कस्तो हुने भन्ने कुरा त्यो देशको परम्परा र धर्मले प्रमुख भुमिका खेल्छ। अहिलेको राजनैतिक ब्यवस्था कृतिम मार्क्सबाद र समाजबाद बाट जबर्जस्ती लादिएको हो। मार्क्सबाद समाजबाद हामी नेपालीको परम्परा हैन। हाम्रो सनातन धर्मले गणतन्त्र चिन्दैन त्यही भएर यो व्यवस्था फाप्दैन र नेपालीको परिचयलाइ यसले हानी मात्रै गर्छ। यो ब्यवस्था बिदेशीको एजेन्डाहरू लागु गराउन सहज होस् भन्ने उदेश्यले आएको हो। गणतन्त्र धोकापूर्वक ल्याइएको हो, २५० बर्ष शासन गरेको संस्था जनतालाइ नसोधी झालेमाले पाराले हटाइएको हो। संबिधान बनाउदा जनतासंग प्रश्नावलीमा कतै पनि राजतन्त्रको भविष्यको बारेमा बहस भएको थिएन, कुरो यो हो। अन्य सबै बेतुकका कुरा हुन्।
नेपाल खोक्रो बनाउने जनताको रगत पसिना माथि होली खेल्नेहरू एक छाक खान न्यानो लुगा लगाउने नपाउने समाज खाली खुट्टा हिड्नु पर्ने पढ्नको लागि उपयुुक्त स्कुल कलेज थिएन एउटा सिटामोल नपाउने अवस्था थियो हामी रैती थियौं राजनीतिक स्वतन्त्रता नभएको व्यक्तिलाई भगवान मान्नुपर्ने राज्यव्यवस्था के काम।