प्रचण्डलाई गोकर्ण विष्टको प्रश्न- विचौलियासँगको संगतले अरुलाई पनि आफूजस्तै देख्न थाल्नुभएको हो ? (भिडिओ)


काठमाडौं । नेकपा एमालेका सचिव गोकर्ण विष्टले आफैं यात्रा गरिरहेको डुंगामा प्वाल नपार्न माओवादी अध्यक्ष प्रचण्डलाई आग्रह गरेका छन् ।
प्रतिनिधि सभामा प्रचण्डको अभिव्यक्तिको खण्डन गर्दै एमाले नेता विष्टले सत्ताबाट निस्केको ६/७ महिनामै देश बिग्रेको दोष अरुलाई दिएर उम्किन नमिल्ने बताए ।
विष्टले गणतन्त्रको डुंगा दुब्दा प्रचण्ड पनि डुब्ने भन्दै सत्ताबाहिरको छटपटीलाई संयमित भएर व्यक्त गर्न सुझाव दिए ।
प्रतिनिधि सभामा विेशष समयम लिएर बोल्दै विष्टले विगतमा विचौलियाहरुसँग उठबस गरेकाले प्रचण्डलाई अहिले पनि सरकार विचौलियाले चलाएको भान परेको हुनसक्ने बताए ।
विष्टले भने, ‘प्रमुख प्रतिपक्षी दलका नेताले अत्यन्तै अमर्यादित र गैरजिम्मेवार अभिव्यक्ति दिनुभएको छ । सर्पले सर्पको खुट्टा देख्छ भनेझैं उहाँलाई पनि त्यस्तै दृश्य देख्ने बानी परेको हो कि ? विगतमा आफूले विचौलियाहरुसँगै रातदिन उठबस गरेकाले, नजिकबाट संगत गरेकाले, मर्म बुझेकाले उहाँलाई त्यस्तै लागेको हुनसक्छ, विचौलियाको संगतले उहाँ हरुलाई पनि आफूजस्तै देख्न लाग्नुभएको हो कि ? उहाँ ७ महिनाअघि सत्तामा हुँदा रामराज्य थियो कि,अहिले रावण राज्य आयो कि ? पूर्व राजाको जुन प्रकारको हौसला देखिएको छ,कतै उहाँका यस्तै गैरजिम्मेवार अभिव्यक्ति कारक त होइनन् ?’
सरकारले सुशासन र आर्थिक बृद्धिका लागि भएका प्रयत्नलाई गैरसंवैधानिक भनेर बारम्बार लान्छित गरेको भन्दै प्रचण्डको आलोचना गरे । उनले सरकार बाहिर जाँदा एक प्रकारको चिडचिडाहट उत्पन्न भएको बताए ।
स्वदेशी होईन विदेशी बिचौलियाको आदेशपालकलाई अहिलेको सरकारलाई भन्न कसले छुट दियो ?