जलस्रोत तथा सिँचाइ विभागको महानिर्देशकको जिम्मेवारी फेरि बराललाई – Nepal Press

जलस्रोत तथा सिँचाइ विभागको महानिर्देशकको जिम्मेवारी फेरि बराललाई

काठमाडौं । जलस्रोत तथा सिँचाइ विभागको महानिर्देशकको जिम्मेवारी फेरि पनि सहसचिव सञ्जीव बराललाई दिइएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले यस अघि विभागको महानिर्देशकको जिम्मेवारीबाट सरुवा गरेकोमा फेरि तीन महिनामा दोस्रोपटक विभागको महानिर्देशकको जिम्मेवारी बराललाई दिएका हुन् ।

सोमबार मन्त्री खड्काले मन्त्रीस्तरीय निर्णय गर्दै जलस्रोत तथा सिँचाइ विभागको महानिर्देशको जिम्मेवारी बराललाई दिएको मन्त्रालयले जनाएको छ ।

मन्त्री खड्काले ३ महिना अघि गत मंसिर १८ मा मात्रै बराललाई महानिर्देशकबाट हटाएर देवराज निरौलालाई विभागको महानिर्देशकको जिम्मेवारी दिएका थिए । त्यतिबेला बरालले विभागको महानिर्देशको जिम्मेवारी सम्हालेको ६ महिना पनि पुगेको थिएन् ।

अहिले फेरी सहसचिव निरौलालाई मन्त्रालयमा तानेर बराललाई दोस्रो पटक महानिर्देशकको जिम्मेवारी दिइएको हो । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव शक्ति बस्नेत उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री हुदाँ बरालले पहिलो पटक जलस्रोत तथा सिँचाइ विभागमा पहिलो पटक महानिर्देशकको जिम्मेवारी पाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर