राजावादीलाई शंकर पोखरेलको चुनौती- दुईतिहाइ ल्याएर संविधान उल्टाऊ, सडकमा तमासा नदेखाऊ (भिडिओ) – Nepal Press

राजावादीलाई शंकर पोखरेलको चुनौती- दुईतिहाइ ल्याएर संविधान उल्टाऊ, सडकमा तमासा नदेखाऊ (भिडिओ)

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले संविधानसभाले नै एकमतका साथ संस्थागतरूपमा राजतन्त्र अन्त्य गरेकाले अहिले राजा फर्काउँछु भन्नु असम्भव रहेको बताएका छन् ।

नेपाल प्रेससँगको कुराकानीमा उनले ज्ञानेन्द्र शाहलाई दलहरूले मौका दिएको तर उनले नै राजतन्त्र जोगाउन नसकेको टिप्पणी गरे ।

उनले भने’ , ‘राजा वीरेन्द्रको वंश विनाशपछि अपुतालीको रूपमा ज्ञानेन्द्रले मौका पाएकै हो नि, दलहरूले त्यो मौका उनलाई दिएकै हो नि । तर, उनले के गरे ? नेपाली समाजको आकांक्षाविपरीत दलहरूमाथि प्रतिबन्ध लाए, नेताहरूलाई थुन्ने काम गरे । मिडियामाथि प्रतिबन्ध लगाए । एकप्रकारले नेपाललाई सैनिक बुटको अधीनस्थ राख्नेखालको प्रयत्न गर्दा जनताको विद्रोहबाट ज्ञानेन्द्र सत्ताच्यूत भएका हैन र ?’

दलहरूले राजासँग सम्झौता गरेको भन्दै भ्रमको खेती गरेको उनले बताए । संविधान परिवर्तनीय रहेको स्मरण गर्दै उनले दुई तिहाइको जनादेश ल्याएर राजतन्त्र उल्टाउन राजावादीलाई चुनौती दिएका छन् ।

‘जननिर्वाचित संस्था संविधानसभाको पहिलो बैठकले संस्थागतरूपमा राजसंस्था अन्त्य गरेको हो । अँध्यारो कोठामा कसले के गर्‍यो भन्ने अर्थ छ र ? राजतन्त्र कि गणतन्त्र भन्ने एकप्रकारले संविधानसभाको सर्वसम्मत निर्णयबाट हल भयो’, महासचिव पोखरेलले भने, ‘कसैले चाहेर उल्टाउन खोज्नु भनेको जनादेशविरुद्ध उत्रिनु हो । त्यसलाई परिवर्तन गर्ने बाटो त संविधानले दिएकै छ नि त । जनादेश बदल्न नस्कने, सडकबाट तमास देखाएर बदल्छु भन्ने कुरा चाहिँ अब सम्भव छैन ।’

तर, पनि राजतन्त्रको पक्षमा पनि जनलहर त बढेकै देखिन्छ नि ? भन्ने प्रश्नमा महासचिव पोखरेलले जनमतका हिसाबले राप्रपाहरूले ल्याएको भोटभन्दा उपस्थिति कम भएको जिकिर गरे । स्वरमात्र ठूलो भएको उनको टिप्पणी छ ।

उनले थपे, ‘राप्रपाले जनमत नै नपाएको हो र ? सांसदहरू निर्वाचित भएका छन् । तर, ती सांसदहरूले पाएको भोटको आधारमा सडकमा आएका छन् त ? छैन । जनप्रतिनिधिको स्वीकार गर्ने कुरा र व्यवस्था बदल्ने कुरा त फरक कुरा हुन् । व्यवस्था बदल्नलाई जनमत सडकमा आइसक्यो भन्ने होइन । तर, एउटा संगठित शक्तिले प्रदर्शन गर्दा सडकमा मान्छे नआउने भन्ने पनि हुन्छ र ! आउँछन् ।’

गणतन्त्रपछि दलहरू सर्भिस डेलिभरिमा चुक्दा फ्रस्टेसन त बढ्दै छ त भनि हामीले उनलाई सोध्यौं- त्यसमा उनको जवाफ यस्तो छ-

राष्ट्रमा समस्या छन्, असन्तुष्टि छन्, गुनासा छन् । समाधान चैँ विकल्पको प्रणाली लोकतन्त्र हो । विकल्पहीनताको प्रणाली राजतन्त्र हो । समस्या छन् भने विकल्प त लोकतन्त्रभित्रै छ त । दलका नेताले कमजोरी गरे भने ५ वर्षपछि जनताले दण्डित गर्छन् । यही हैन र ? ८४ मा चुनाव आउँदै छ । कसलाई के चित्त बुझेको छैन, जनतामा गए भो नि त ! जान पाइन्छ । अहिले कांग्रेस-एमाले बेठिक हामी ठीक भन्नलाई बाटो कसैले छेकेको छ र ? जनतामा जाने, विश्वास आर्जन गर्ने र संविधान बदल्नु छ भने दुई तिहाइ प्राप्त गरेर बदल्ने । हामीले संविधान सक्रिय राजतन्त्रको जस्तो अपरिवर्तनीय त बनाएको छैन नि !

(महासचिव पोखरेलसँगको विस्तृत भिडिओ अन्तर्वार्ता प्रतीक्षा गर्नुहोस्)


प्रतिक्रिया

4 thoughts on “राजावादीलाई शंकर पोखरेलको चुनौती- दुईतिहाइ ल्याएर संविधान उल्टाऊ, सडकमा तमासा नदेखाऊ (भिडिओ)

  1. राजालाई गाली गरेर मात्र समस्या समाधान हुँदैन। गणतन्त्र आएको २० बर्ष पछि देशको आर्थिक अबस्था कहाँ पुग्यो? जनताहरु किन बिदेशिए? कमी कमजोरी कहाँ भए? देशको आर्थिक अबस्था कसरी सुधार्ने? यी कुरामा ध्यान दिनुपर्यो नेता ज्यू।

  2. तॅलाइ र तेरे पार्टी कॅाध थाप्ने देउवाले राजालाइ बुझाएको हो नि त। त्यही देउवासंग उठबस गर्न लाज छैन? संबिधान बनाउदा राजतन्त्रको बारेमा जनतासंग प्रश्न गरेको थिएन , आफै खाउॅ भनेर धोकापूर्वक जबरजस्ती गरेको तिमेरू मार्क्सबादीले ।

  3. राजाबादीले के त्यस्ताे तमासा गरेछन् ओ कमरेटवाला ? तिमिहरुले ६२/६३ ताका आन्दोलन गर्दा २०-२५ झण्डा बाेकेर बानेश्ररकाे सडक नाप्ने खेताला नपाएर त्यसबेला मेराे घरबनाउने ठेकदारले काममा लगाएकाे २ जना बिहारीलाई मदिशे बनाएर दैनिक मिनभवनमा हाजिर गराएर रु १०० दिदै महिनाै आान्दाेलनकाे नाैटङ्कि गरेकाेलाई चाहिँ हामिले के भन्ने नि ? तिम्रा बाले रा जदरबार अगाडि पार्टीका झाेले झाम्टे दास, दलाललाई उखान टुक्का सुजाउन पुरै राज्य सम्यन्त्रकाे दुरुपयाेग गरेर जम्मा गरेकाे गुण्डाहरुकाे जत्था भन्दा अस्ति राजालाई स्वागत गर्न स्वतस्फुर्त सडकमा निस्केका नेपालीको हजाराैका भीड देखेर तिमिहरुलाई तमासा लागेकाे हाे भने खब राम्ै फिल्म हेर्न तयार भए हुन्छ । चेतना भया !!!

  4. तेरो बाउको खप्पर खड्गे वोलीको लंगौती|

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर