दुई सचिवको सरुवा, सहसचिव यादवलाई प्रदेशको कामु प्रमुख सचिवको जिम्मेवारी


काठमाडौं । सरकारले दुई सचिवको सरुवा गरेको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कर्णाली प्रदेशका प्रमुख सचिव लोकनाथ पौडेललाई उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरेको छ भने सचिव सुमनराज अर्याललाई राष्ट्रिय योजना आयोगको सचिवमा सरुवा गरेको छ ।
यस्तै बैठकले राष्ट्रिय योजना आयोगमा कार्यरत सहसचिव वीरेन्द्रकुमार यादवलाई कर्णाली प्रदेश सरकारको कायम मुकायम (कामू) प्रमुख सचिवको जिम्मेवारीमा पठाएको छ ।
यादव भर्खरै मात्रै सहसचिवबाट सचिवमा बढुवाका लागि पहिलो नम्बरमा सिफारिस भएका थिए । तर, यस अघि नै कामू प्रमुख सचिवको जिम्मेवारीमा मदन भुजेल गइसकेकाले सरकारले उनलाई सचिवमा बढुवा गरेको छ ।